अमरवाणी संवाददाता/काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयुक्त सदनमा विनियोजित बजेट सार्वजनिक गरेका हुन् ।
चालू अर्थात् सामान्य खर्चतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत तथा विकासतर्फ ३ खर्ब ५२ करोड रकम छुट्याइएको छ । वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
अर्थमन्त्री खतिवडाले चालू आवमा ८ खर्ब ८९ अर्ब रुपैयाँ राजस्वबाट संकलन गर्ने लक्ष्य राखेका छन् । भने २ खर्ब २५ अर्ब आन्तरिक र २ खर्ब ९९ रुपैयाँ विदेशी ऋणबाट परिचालन गरिने लक्ष्य सरकारको छ ।
बजेट प्रस्तुत गर्दे अर्थ मन्त्री डा. खतिवडाले कोरोनाले ल्याएको चुनौती र अवसरलाई सामाना गर्ने र अर्थतन्त्रको पुनःउत्थान गर्दै तिब्र आर्थिक विकासमा लैजाने गरी बजेट विनियोजन गरिएको बताउनु भयो ।
प्रकाशित १५ जेठ २0७७ , बिहिबार | 2020-05-28 01:39:13
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार