काठमाडौँ । देशभर थप १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८ सय ८६ पुगेको छ। एकै पटक यतिधेरै संख्यामा कोरोना संक्रमित थपिएको यो पहिलो हो । उनीहरू सबैको पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार रौतहटमा ३५, बागलुङमा ६, मकवानपुरमा १, झापामा १७, बारामा ८, सप्तरीमा ११, दाङमा १५, सुर्खेतमा १५, बाँकेमा १६, सिरहामा २ र रुकुमपूर्वमा ३ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमितहरू धेरै भारतबाट फर्किएका नेपाली हुन् । उनीहरू रोजगारीका लागि भारतका विभिन्न सहरबाट फर्किएका हुन् । संक्रमित मध्ये ७ सय ९६ जना पुरूष रहेका छन् भने ९० जना महिला रहेका छन्। मन्त्रालयका अनुसार हालसम्म जम्मा ४७ जिल्लामा सङ्क्रमण फैलिएको छ ।
संक्रमितमध्ये १ सय ८३ जना उपचारपछि निको भएका छन्। मंगलबार राती नारायणी कोभिड अस्थायी अस्पतालबाट २१, बुधबार कोशी अस्पतालबाट ४ र भेरीस्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या १ सय ८३ पुगेको हो। कोरोनाबाट हालसम्म नेपालमा ४ जनाको मृत्यु भएको छ।
प्रकाशित १४ जेठ २0७७ , बुधबार | 2020-05-27 01:07:40
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार