काठमाडौँ । देशभर थप ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अपडेट अनुसार सोसँगै कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ ।
मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।
काठमाडौस्थित टेकु प्रयोगशालामा गरिएको परीक्षणका क्रममा महोत्तरीका दुई जना, जुम्ला घर भई बारामा काम गरिरहेका २ जना र बाराकै थप तीन जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै रौतहटका २२,सिराहाका ५, जना र धनुषाका एक गरी ३५ जनमा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ८ संक्रमण पुष्टि भएको छ । रुपन्देहीको प्रयोगशालामा भएको परीक्षणका क्रममा सात जनालाई संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये कपिलवस्तु, गुल्मी, अर्घाखाँचीका २/२ जना र रुपन्देहीका एक जना रहेका छन् ।
सेती अस्पतालमा गरिएको परीक्षणका क्रममा कैलाली र अछामका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरामा भएको परीक्षणका क्रममा स्याङजा वालिङका दुई जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सुर्खेत प्रयोगशालामा भएको परीक्षणका क्रममा सुर्खेतकै १२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै दाङमा भएको परीक्षणका क्रममा कपिलवस्तुका दुई वर्षिया बालिकासहित २४ जनालाई संक्रमण पुष्टि भएको छ ।
प्रवक्ता देवकोटाका अनुसार आज ४३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएको छन् । उनीहरु आज नारायणी अस्पतालबाट डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा २ महिला र ४१ पुरुष रहेका छन् । योसँगै उपचारपछि निको भएर घर फर्कनेको संख्या १५५ पुगेको छ । कोरोनबाट अहिलेसम्म चार जनाको मृत्यु भएको छ ।
प्रकाशित १३ जेठ २0७७ , मङ्गलबार | 2020-05-26 02:05:59
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार