चार महिने शिशुसहित एकै परिवारका १८ जनाले जिते कोरोना

चार महिने शिशुसहित एकै परिवारका १८ जनाले जिते कोरोना

वीरगञ्ज । मुलुकमा कोरोना भाइरसको संक्रमण वढेसँगै कोरोना पराजित गरेर निको हुने पनि थपिएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालबाट चार महिने शिशुसहित एकै परिवारका १८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

दुई पटक स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ उनीहरूलाई डिस्चार्ज गरिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले बताएका छन् । योसँगै कारोनाबाट निको हुनेको संख्या १०५ पुगेको छ ।

डिस्चार्ज हुनेमा चार महिने शिशुदेखि ६२ वर्षकी वृद्ध महिलासम्म रहेको अस्पतालले बताएको छ । डिस्चार्ज हुनेमा सात महिला र ११ पुरुष छन् । उनीहरु वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का वासिन्दा हुन् । आइतबार राति करिब ११ बजे उनीहरुलाई डिस्चार्ज गरिएको थियो ।

गत वैशाख २१ मा उक्त परिवारका ३७ वर्षीय पुरुषमा कोभिड १९ संक्रमण पुष्टि भएपछि सम्पूर्ण परिवारको स्वाब संकलन गरिएको थियो । ती पुरुष वडा नम्बर ३ को राहत वितरण समितिमा नेकपाबाट प्रतिनिधि समेत थिए ।

गत वैशाख २४ मा ती पुरुषको आमा, बुबा, दाइ, भाउजू, छोरा, भतिजासहित परिवारका १७ जनाको स्वाब परीक्षण हुँदा कोरोना पोजेटिभ देखिएको थियो । परिवारका सबैलाई नारायणी अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको थियो ।

नारायणी अस्पतालको आइसोलेसन र अस्थायी कोरोना अस्पताल गरि वीरगन्जमा अझै ७२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । पर्सा निवासी एक संक्रमितको बाराको कलैयामा उपचार भइरहेको छ ।   पर्सामा मात्रै कोरोनालाई जित्नेको संख्या २५ पुगेको छ भने देशभर निको हुनेको संख्या १०५ पुगेको छ ।

हालसम्म नेपालमा ६७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके, सिन्धुपाल्चोक र गुल्मीका एकरएक गरी हालसम्म तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला