काठमाडौं । नेपालमा थप ७२ जनामा कोरोना पुष्टि भएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ सय ७५ पुगेको छ । देशको विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा ती संक्रमित पाइएका हुन् ।
संक्रमित हुनेमा धनुषामा ३ , कपिलवस्तुमा ३, काठमाडौंमा ३, बारामा २, रौतहटकामा २६ , सप्तरीमा २, बर्दियामा १ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यस्तै , बाँकेमा ४ ,बारामा २१, दैलेखमा ७ जनामा कोरोना भाइरस पुष्टि भएको मन्त्रालयले जनाएको छ। नयाँ संक्रमित एक महिला र अन्य पुरुष रहेका छन्।
प्रकाशित १२ जेठ २0७७ , सोमवार | 2020-05-25 05:30:37
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार