काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका ।
कोरोना पुष्टि हुनेमा मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३ र गुल्मीमा १ जना रहेका छन् ।
नुवाकोटको एक जनामा कोरोना देखिएसँगै कोरोनाट संक्रमित हुने जिल्ला ४२ पुगेका छन् । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन्।
प्रकाशित ११ जेठ २0७७ , आइतबार | 2020-05-24 10:55:43
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार