३६ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ५८४

    ३६ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ५८४

काठमाडौं । शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा थप संक्रमितबारे पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ ।

शनिबार बिहान मात्र ३२ जनामा कोरोना पोजिटिभ पुष्टि भएको थियो।

संक्रमण पुष्टि हुनेमा  सेती अस्पतालको प्रयोगशालामा बैतडी, शिवनाथ गाउँपालिका चार जना छन्। आरडीटी पोजिटिभ भेटिएका २० वर्षका दुई, २२ एक र २७ वर्षीय एक पुरुषको पीसीआर रिपोर्टसमेत पोजिटिभ आएको हो। त्यसैगरी कोसी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराएका झापाको डिल्लीराम मावि क्वारेन्टाइनमा रहेका ३३ वर्षीय पुरुषको रिपोर्ट पोजिटिभ आएको छ।

बाँकेस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेको नरैनापुर मदरसाका ६ जना १७ देखि ३२ वर्षका पुरुष, नरैनापुर–३ बाँकेको राष्ट्रिय प्रावि गोगलीका  १५ जना, नरैनापुर बाँकेकै ६ जना र बर्दियाका १९ वर्षीय एक पुरुष समेत २७ जनाको रिपोर्ट पोजिटिभ आएको छ। त्यसैगरी सुर्खेतमा दुई पुरुष र एक महिलाको पीसीआर रिपोर्टसमेत पोजिटिभ आएको छ।

अहिलेसम्म ७० जना कारोना संक्रमित निको भएर स्वास्थ्य लाभ गरिरहेका छन् भने ३ जनाको मृत्यु भएको छ ।

      अपडेट शनिबार ८.४० बजे    ३२ जनामा कारोना,संक्रमितको संख्या ५४८ पुग्यो

 

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला