काडमाडौँ । महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षणमा मङ्गलबार एक जना सइ र एक जवानमा कोरोना सङ्क्रमण पोजिटिभ आएको हो ।
महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख रुगम कुँवरले दुइ जनामा कोरोना पुष्टि भएपछि प्रहरी प्रभाग र महिला सेललाई सिल गरिएको बताएको छन् ।
हाल कालीमाटी वृत्त परिसरमै महिला तथा बालबालिका सेल र ट्राफिक वृत्त पनि रहेको र उनीहरूको खाने बस्ने एकै स्थानमा रहेको बताइएको छ । त्यहाँ करिब दुई सय प्रहरी कार्यरत रहेको बताइएको छ । संक्रमतिहरू कालीमाटी क्षेत्रमा सादा पोसाकमा काम गर्ने (घुमुवा) प्रहरी हुन् ।
प्रकाशित ७ जेठ २0७७ , बुधबार | 2020-05-20 08:06:23
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार