काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकाले फिर्ता लिई छाडने बताएका छन् । सोमबारको मन्त्रिपरिद्को वैठकले लिम्पियाधुरा,कालापानी,लिपुलेक सम्मिलित नक्सा जारी गरेको भन्दै कुनै पनि हालतमा मित्रवत ढंगले जमीन फिर्ता लिइने बताए ।
संघीय ससंदमा मंगलबार सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नेपाली भूभाग समेटेको नयाँ नक्सा पारित गर्न संविधान संशोधनको प्रस्ताव यही सदनमा आउने जानकारी गर्नुभयो । संविधान संशोधनको प्रस्ताव पारित भएको दिन जनताले दीपावली मनाउने पनि प्रधानमन्त्री ओलीले बताए ।
सन् १९६२ देखि नेपाली भूमिमा भारतीय सेना बसेपछि कब्जा गरिएको कालापानीको भूमि फिर्ता गरि छाडने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकारले नयाँ नक्सा तयार गरेर ऐतिहासिक उपलब्धी हासिल गरेको र त्यसलाई संविधानलगायत पाठ्यक्रममा लोगो चिन्हहरूमा पनि कार्यान्वयन गरिने बताए। त्यसका लागि संविधान संशोधन प्रस्ताव आउने प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । सासंदहरूले अन्य विषयमा पनि संविधान संशोधन गरिन्छ कि भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले संविधान संशोधनका लागि आफू वाधन नभएको बताए ।
कोरोना नियन्त्रणमा कमी हुन दिइन्न
महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि सरकारले कुनै कमी हुन नदिने बताए । सकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा संसद्मा प्रधामन्त्री ओलीले स्वास्थ्य मन्त्रालयले कोरोना नियन्त्रणका लागि गरेका कामहरू प्रभावकारी रहेको भन्दै व्यवस्थापनलाई अझै प्रभावकारी बनाइने प्रतिवद्धता गरे ।
विदेशमा रहेका नागरिक ल्याउने सन्दर्भमा तत्काल ४५ लाख नागरिक ल्याउन सक्ने सरकारको हैसियत नभएको प्रधानमन्त्रीले ससंदमा स्पष्ट पारे । उनले भने,‘जो जहाँ छन त्यही सुरक्षित गर्न आफूले दूतावास मार्फत त्यहाँका सरकार प्रमुखसँग वार्ता गरिसकेको र उहाँलाई कुनै समस्या पर्ने छैन ।’ ,
प्रकाशित ६ जेठ २0७७ , मङ्गलबार | 2020-05-19 09:32:36
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार