काठमाडौँ । कोरोना परीक्षणको पछिल्लो रिपोट अनुसार थप १८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ३७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको राती १०.१५ बजेको विज्ञप्तिमा थप १८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वस्थ्य प्रयोशाला काठमाडौं,बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान,भेरी अस्पताल नेपालगञ्ज र कोसी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित धनुषाका २ पुरुष, खोटाङ हलेसीका एक पुरुष, बाँके नरैनापुरका १२ पुरुष, दैलेख आठबिस– १ का एक पुरुष, सुनसरीका एक पुरुष, झापाका एक पुरुष रहेको छन् । सोमबार मात्रै ७४ जना नयाँ संक्रमित थपिएका छन्।
५३ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ३ सय ५७ पुग्यो
प्रकाशित ५ जेठ २0७७ , सोमवार | 2020-05-18 04:57:12
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार