काठमाडौं । रौतहट र बारामा थप ९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ३०४ पुगेको छ ।
राष्ट्रिय जनस्वस्थ्य प्रयोगशालाको पछिल्लो परीक्षण रिपोट अनुसार रौतहट इशनाथ नपा २, ३,६ र ९ निवासी २१, २१, २३, २५, २५, २९, ३० पुरूष र रौतहट माधव नारायण नपा ३ निवासी २८ वर्षिय महिलामा कोरोना पुष्टि भएको हो । त्यस्तै बारा करैयामाइ ५ निवासी ३८ वर्षीय पुरूषमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
प्रकाशित ५ जेठ २0७७ , सोमवार | 2020-05-18 03:37:36
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार