काठमाडौं । नेपालमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ परिक्षणको परिणामसँगै संक्रमित संख्या २५० पुगेको छ । यस अघि काठमाडौमा एक र कपिल्बस्तुमा एक गरी दुईमा कोरोना पुष्टि भएका थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि हुनेमा सर्लाही धनकौल नपा निवासी ४५ वर्षिया पुरूष, धनुषा जनकपुर नपा र मिथिला नपा निवासी ४० वर्षीया पुरूष र २० वर्षिया महिला रहेका छन् । त्यस्तै महोत्तरी जलेश्वर नपा र वलवा नपा निवासी १६ र ३५ वर्षीया पुरूष रहेका छन् । उनीहरूको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित १ जेठ २0७७ , बिहिबार | 2020-05-14 02:59:33
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार