काठमाडौँ । बुधबार नेपालमा थप २४ जनामा कोराना पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित सङ्ख्या २४३ पुगेको छ ।
थप कोरोना सङ्क्रमण पुष्टि भएकामा रूपन्देहीका ९ पुरूष र ३ महिला गरी १२ जना रहेका छन् । त्यस्तै, कपिलवस्तुका ८ पुरूष, पर्सा जिल्लाका २ पुरूष र एक महिला तथा नवलपरासीका १ पुरूष छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा भएको परिक्षणमा नयाँ केस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संक्रमितहरू रुपन्देहीका २२,२२,२५,२८,३०,३२,३२,३३ र ४१ वर्षीय पुरुष छन् भने ४,१० र २८ वर्षीय महिला रहेका छन् । कपिलवस्तुका २२,२९,३२,४०,४०,४०,४२ र ४२ वर्षीय पुरुष,पर्साका ३६ र ७४ वर्षीय पुरुष र ३६ वर्षीय महिला तथा नवलपरासीका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । संक्रमित सबैको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले बताएको छ ।
प्रकाशित ३१ बैशाख २0७७ , बुधबार | 2020-05-13 03:06:02
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार