शान्तिको हत्यारा सार्वजनिक गर्न माग गर्दै जिल्ला प्रशासन घेरबन्दी

     शान्तिको हत्यारा सार्वजनिक गर्न माग गर्दै जिल्ला प्रशासन घेरबन्दी

दाने बोहरा/हुम्ला जिल्लाको सर्केगाड गाउँपलिका–४ दुल्ली गाउँकी २४ वर्षीया शान्ति थापाको रहस्यमय मृत्यु भएको भन्दै आफन्त र स्थानीय महिलाले विरोध जनाएका छन् । उनीहरूले सोमबार र मंगलबार जिल्ला प्रशासन अगाडि प्रर्दशन गरेका छन् ।

शान्तिलाई श्रीमान जुनराज थापाले वैशाख २५ गते राति हत्या गरेको आरोप माइती पक्षले लगाएका छन् । वैशाख २६ गते बिहान शान्तिको मृत्यु भएको खबर सार्वजनिक भएपनि माइती पक्षले भने २५ गते नै मृत्यु गरिएको आरोप लगाएको छ ।

माइती पक्षले २८ गते पतिको नाममा किटानी जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले मुद्धा दायर गर्न नमानेको मृतककी आमा भ्याल्ली भण्डाररीले बताइन् । उनले भनिन्,‘प्रहरीले दवावका भरमा उजूरी लिन इन्कार गर्यो ।’

शान्तिको मृत्युको सत्य/तथ्य बाहिर नआएपछि माइती पक्षले उजूरी लिन र वास्तविकता बाहिर ल्याउन प्रहरी समक्ष माग राखेको छ ।  प्रहरीले मुद्धा दर्ता गर्न नमानेपछि माइती पक्षले जिल्ला प्रहरी कार्यालयको गेटमा वैशाख २९ र ३० गते धर्ना दिएका छन्  ।

सर्केगाड गाउँपालिकाबाट दुइ दिन लगाएर मृतक थापाको लास सिमकोट आइपुगे पनि पोष्टमार्टम हुन सकिरहेको छैन । माइती पक्षले दोषी पत्ता नलाएसम्म पोष्टमार्टम गर्न नदिने अडान लिएको छ ।    

माइती पक्ष अनुसारका यदि मुद्धा दायर नहुने हो भने लासलाई पनि नबुझ्ने र पोष्टमार्टम पनि गर्न नदिने अडन छ । प्रहरी नायब उपरीक्षक (डिएसपी) रामप्रसाद घर्ती मगरका अनुसार शान्तिको हत्या श्रीमानले गरेको भन्ने अनुसन्धानमा नपाइएकाले किटानी मुद्धा दर्ता गर्न अप्ठेरो परेको छ । थप अनुसन्धान गरेरमात्र किटानी उजूरी दर्ता हुने उनले बताए ।

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला