काठमाडौं । भारतले नेपालको सीमा अतिक्रमण गरेर मानसरोवर जाने सडक बनाएको विरोधमा विभिन्न विद्यार्थी संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन्।
भारतीय अतिक्रमणको विरोधमा शनिबार सत्तासीन दल नेकपानिकट अनेरास्ववियु, नेपाल विद्यार्थी संघ लगायतका विद्यार्थी संगठनहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उत्रिएका दुई दर्जनभन्दा बढी विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ।
भारत सरकारले एकतर्फी रुपमा तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडकमार्ग बनाएको थियो । यसबारे थाह भएर पनि नेपाल सरकारले खासै कदम नचालेको आरोप विद्यार्थीहरूले लगाएका छन् । विद्यार्थीहरूले ‘नेपाल सरकार सीमा जोड,भारत सरकार सीमा छोड’भन्दै नाराबाजी गरेका थिए ।
प्रकाशित २७ बैशाख २0७७ , शनिबार | 2020-05-09 09:23:19
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार