काठमाडौं। पछिल्लो कोरोना परीक्षणमा सात जनामा कोराना पोजेटिभ पाइएको छ । योसँगै कोरोना संक्रमितको संख्या १०९ पुगेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
केन्द्रीय प्रयोगशाला टेकु तथा कोशी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका तीन महिला, कपिलवस्तु निवासी १७ वर्षका एक र १८ वर्षका दुई जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै पर्सा छप्कैयाका ६२ वर्षका पुरुषमा संक्रमण पाइएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
प्रकाशित २७ बैशाख २0७७ , शनिबार | 2020-05-09 03:50:31
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार