दाने बोहरा/कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा समस्यामा परेका हुम्लाको सर्केगाड गाउँपालिकाका विद्यार्थी एवम् अन्य नागरिकलाई राहत वितरण गरिएको छ । पूर्व सांसद छिमी लामा र नेकपा हुम्ला सचिवालय सदस्य एवम् सर्केगाड गाउँपालिकाका सह–इन्चार्ज छवी थापाको आर्थिक सहयोगमा राहत वितरण गरिको हो ।
कोरोना भाईरस रोकथामका लागि सरकारले गरेको लकडाउन कारण घर जान नपाएका विद्यार्थी र बिभिन्न कामको सिलसिलामा सुर्खेतमा रहेका ५० जनालाई राहत वितरण गरिएको थापाले जानकारी दिए । छाक टार्न निकै संकट परेको बेला कोठा भाडामा बस्नेलाई एक बोरा चामल र होटलमा बस्नेलाई सोही बराबरको नगद रकम सहयोग गरिएको थापाले बताएका छन् ।
सुर्खेतमा उपचारको क्रममा झण्डै ३ महिनासम्म बस्दै आएकी सर्केगाड गाउपालिका १ जैरकि ध्यागा भियालले चामल पाउँदा राहत महसुस गरेको बताइन् । लकडाउनको झण्डै ४५ दिन पुग्दा कोठामा रासन नभएको बेला सहयोग पाएकोमा सबै खुसी छन् ।
चामल नभएर खोले पकाउने अवस्था आएको बेला एक कठ्ठा चामल पाएकोमा सर्केगाड गाउपालिका– ६ का अर्जनु शाहीले निकै सहयोग भएको बताएका छन । वीरेन्द्रनगर नगरपालिकाले दिएको ५ केजी राहत नपाएको अवस्थाा बुधबार व्यक्तिगत रुपमा नै सहयोग गरेकाले निकै खुसी भएको बेताएका छन् ।
प्रकाशित २५ बैशाख २0७७ , बिहिबार | 2020-05-07 04:12:35
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार