विश्वभर २ लाख ६५ हजारको मृत्यु, अमेरिकामा एकै दिन २५ सयको ज्यान गयो

विश्वभर २ लाख ६५ हजारको मृत्यु, अमेरिकामा एकै दिन २५ सयको ज्यान गयो

जेनेभा, वैशाख २५ गते। कोरोनाभाइरसका कारण विश्वभर २ लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३८ लाख २० हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ६ हजार ८११ जनाको मृत्यु भएको छ । अघिल्लो दिनको तुलनामा मृतकको संख्यामा झण्डै १ हजारले वृद्धि भएको हो । युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार बेलायतमा ३० हजारभन्दा बढी व्यक्तिको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । संयुक्तराज्य अमेरिकामा लगातार दोस्रो दिन २३ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

विगत २४ घण्टामा अमेरिकामा २ हजार ५२८ जनाको ज्यान गएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको संख्या ७४ हजार ८०९ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा ३६९, स्पेनमा २४४ र फ्रान्समा २७८ जनाको ज्यान गएको छ । कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति

कूल संक्रमित,                 निको भएका                     मृत्यु भएका

विश्वभर ३७,८१,३८२            १३,०३,१६१                        २,६५,०९८

१. युरोप १५,२४,९७६           ५,९६,३३३                        १,४६,६४१

२. उत्तर अमेरिका १३,७८,१४३   २,६४,६०४                    ८२,६५०

३. एसिया ६,०४,१३५            ३,२७,४७१                       २०,८२९

४. दक्षिण अमेरिका २,५१,६९५     ८८,३५४                     १२,८३०

५. अफ्रिका     ५२,७१३              १८,२९५                     २,०१५

६. ओसेनिया अस्ट्रेलिया ८,४८७      ७,४६७                      ११८

दक्षिण एसियाली मुलुकहरु

१. भारत   ५३,०४५                     १५,३३१                         १,७८७

२. पाकिस्तान  २४,०७३             ६,४६४                             ५६४

३. बंगलादेश   ११,७१९              १,४०३                               १८६

४. अफगानिस्तान  ३,३९२            ४५८                                १०४

५. श्रीलंका           ७९७             २१५                                    ९

६. माल्दिभ्स       ६१७                 २०                                     २

७. नेपाल       ९९                       २२                                     –

८. भुटान ७                                ५                                      –

रासस

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला