हुम्ला/क्वारन्टाइनमा बेड नभएर भुइँमा सुत्न वाध्य नागरिकका लागि मानसरोवर होटलले १५ ओटा वेड सहयोग गरेको छ । जिल्लाको सिमकोट गाउँपालिका वडा नं ५ तल्लो गाउँमा रहेको भीमसेन आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका व्यक्तिहरूका लागि होटलले वेड सहयोग गरेको हो ।
वडा कार्यालयले वेडको व्यवस्था नगर्दा त्यहाँ रहेका नागरिकहरू भुइँमै सुत्न वाध्य थिए । भुइँमा सुत्न वाध्य व्यक्तिहरूलाई चिसो लाग्न सक्ने भन्दै मानसरोवर होटेलले १५ ओटा बेड सहयोग गरेको हक्की संघ हुम्लाका रामजन रावतले जानकारी दिए । कर्णाली प्रदेश सरकारले जिल्ला बाहिर नेपालगञ्ज, सुर्खेतबाट उद्धार गरी ल्याएका वडा मातहातका क्वारेन्टाइनमा४३ जना बसिरहेका छन् ।
वडा नं पाँचका अध्यक्ष कृष्ण बोहराका भने, ‘वडा कार्यालयबाट उद्धार गरेका सबै नागरिकलाई बेडको व्यवस्था गर्न समस्या हुँदा केही एक दुई जना वृद्धवृद्धालाई मात्रै उपलब्ध गराएको र अरु सबै भुइँमा सुत्दै आएका थिए ।’ क्वारेन्टाइनमा बस्दै आएका संजिता रोकाया भने, ‘वडा कार्यालयले आफूहरूलाई सुविधाहीन क्वारेन्टाइनमा राखेको छ, कार्यालयले बेड र कपडाको सुविधा नगरी दिँदा घरबाटै ल्याएर बस्नुपरेको छ ।’
सिमकोट गाउँकार्यपालिकाको केही दिन अगाडी बसेको बैठकले वडा नं एकदेखि आठसम्म उद्धार गरीएका सबै नागरिकलाई विहान बेलुका प्रति छाक खानाको दुई सय पचास मात्रै दिने निर्णय गरेको हुँदा क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई समस्या परेको छ । प्रदेश सरकारले तत्कालै उद्धार गरेपछि अधिकांस वडा कार्यालहरुले बेड बनाउन नसक्दा सेवासुविधामा कमी भएको स्वीकार गर्दै आएका छन् । यस्तै क्वारेन्टाइनमा बसेकाहरुलाई कोरोना परीक्षणका लागि किट नहुँदा परीक्षण हुन सकिरहेको छैन् ।
प्रकाशित २४ बैशाख २0७७ , बुधबार | 2020-05-06 12:37:33
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार