वडाको पहलमा कपनमा दैनिक दुई हजार विपन्न र मजदूरलाई खाना

 वडाको पहलमा कपनमा दैनिक दुई हजार विपन्न र मजदूरलाई खाना

अमरवाणी संवादाता/काठमाडौं काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० वडा समितिले वैशाख ७ गतेदेखि विपन्न तथा असहायलाई एक छाक खाना खुवाउँदै आएको छ । मुलुकमा लकडाउनका कारण दैनिक ज्याला–मजदुरी गर्ने व्यक्तिहरूले काम नपाएर खान नसक्ने अवस्था उत्पन्न भएपछि वडा समितिले यस्तो निर्णय गरेको हो ।

वडा समितीको वैशाख ६ को बैठकले लकडाउन अवधिभर असहाय, विपन्न र श्रमिक वर्गलाई खाना खुवाउने निर्णय गरेर कार्यान्वयनमा ल्याएको वडा अध्यक्ष नवराज भट्टराईले जानकारी दिए ।

खाना खुवाउनका लागि वडा अध्यक्षको संयोजकत्वमा ४ सदस्यीय आर्थिक समिति र ध्रुबराज नेपालको संयोजकत्वमा खाना ब्यवस्थापन समिति बनाइएको खाना व्यवस्थापन समितिका संयोजक नेपालले अमरवाणीलाई बताए । वडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठित चार सदस्यीय आर्थिक समितिमा नेकपा वडा समितिका अध्यक्ष जगतप्रसाद निरौला, नेपाली कांग्रेसका वडा समिति अध्यक्ष श्याम डोटेल र वडा सचिव नवीन्द्र तामाड. सदस्य रहेका छन् । त्यस्तै ध्रुवराज नेपालको संयोजकत्वमा गठित खाना व्यवस्थापन समितिमा सह–संयोजक रामप्रसाद लुईंटेल र सदस्यहरुमा रामजी थपलिया, चन्द्रमान श्रेष्ठ र भेषराज डोटेल रहेका छन् ।

खाना व्यवस्थापन समिति अन्तर्गत रहेर दैनिक तीस स्वयंसेवकले कपनको मिलन चोकस्थित मिलन चोक पार्टी भेन्यूमा खाना बनाउने, प्याकिड.गर्नेदेखि वितरणसम्मका काम गरिरहेको स्वयं सेवक मुकुन्द सेढाईंले बताए । उनले भने, ‘यो संख्या त मिलन चोकको मात्र हो, मिलन चोक लगायत वडाका दश स्थानबाट खानावितरण भईरहेको उनले बताए ।

मिलन चोक बाहिर बालुवा खानी,निखिलेश्वर,आकाशेधारा,पेट्रोलपम्प,ज्योतिनगर, गौरीशंकर टोल,गैह्रीगाउँ,विवेक चोक र सालतलेबाट दैनिक १ हजार ८ सय देखि १ हजार ९ सय जनासम्मलाई खानाको प्याकेट वितरण हुँदै आएको छ ।

व्यवस्थापन समितिका संयोजक ध्रुवराज नेपाललेले भने,‘ खाना प्याकेट लिने दैनिक वढी रहेका छन् ।’ उनले भने, ‘बैशाख ७ गते जम्मा चार सय प्याकेट खाना वितरण गरिएको थियो, ८ गते सात सय, ९ गते ९ सय, १० गते १ हजार ५० प्याकेट गर्दै १ हजार ९ सय र बैशाख २३ गतेसम्म आईपुग्दा २ हजारभन्दा वढीको संख्यालाई खाना ब्यवस्थापन गरिरहेका छौं ।’ यहाँसम्म कि समितिका सदस्य रामजी थपलियाले समेत २० हजार रुपैयाँ सहयोग गरेका छन् । समितिलाई दिइएको सहयोग बाहेक आफूहरूले थप १४ जना विपन्न एवं असहायलाईलाई १४ हजार रुपैयाँको खाद्य सामग्री वितरण गरेको रामजीकी श्रीमति रिता थपलियाले बताईन् ।

लकडाउन यसरी लम्बिएला भन्ने अनुमान नगरिएको बताउँदै वडा अध्यक्ष नवराज भट्टराईले भने, ‘पहिले त हामीले नगरपालिकाबाट खाद्य सापग्री वितरण गर्यौं, त्यसपछि मात्र आफैले खाना खुवाउन थालेका हौं ।’ वैशाख २४ गतेसम्म हाम्रो यो खाना खुवाउने अभियानका लागि स्थानीय समाजसेवी, संघ, संस्था,व्यापारी,महिला समूह, सहकारी संस्था लगायत निजी क्षेत्रबाट दिल खोलेर सहयोग मिलेको छ । खाना अभियान पूर्णतः दाताको सहयोगमा चलेको छ ।

सरकारले बुधबारमात्र थप १० दिन लकडाउन थपेको छ । त्यसैले अब राहतको मोडालिटी फेर्नुपर्ने अवस्था छ । भोजन वितरण गर्ने मोडालिटीलाई निरन्तरता दिन कठिन छ ।  आर्थिक अभाव सुरु भैसकेको भट्टराईले बताए ।  ‘दाताहरुबाट अहिलेसम्म ११ लाख ४५ हजार ८ सय ८६ रुपैयाँ प्राप्त भएको छ । मनकारीहरूको सहयोगबाट हामीले हजारौं विपन्न र श्रमिकहरूको छाक टार्न सफल भयो’ वडाध्यक्ष भट्टराईले भने ।

 

वडा अध्यक्ष नवराज भट्टराई/

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला