काठमाडौँ । सरकारले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि १० दिन वढाउने निर्णय गरेको हो ।
कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिने उद्देश्यले सरकारले चैत ११ देखि देशभरि अत्यावश्यकबाहेक अन्य काममा हिँडडुल र सवारीसाधन प्रयोग गर्न रोक लगाउँदै आएको छ । जारी लकडाउनको अवधि वैशाख २५ गते (भोली) समाप्त हुने छ ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेको र छिमेकी देश भारतले पनि मे १७ सम्मका लागि लकडाउन बढाएकाले अवधि वढाइएको बतान्छ । भारतमा कोरोनाभाइरस सङ्क्रमणको सङ्ख्या बढिरहेको छ। मङ्गलवार भारतमा झन्डै ४,००० नयाँ सङ्क्रमित फेला परेका थिए । खुला सीमानाका कारण यसको प्रभाव नेपालमा पर्ने विश्लेषण गरिएको छ ।
नेपालमा हालसम्म ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने तीमध्ये २२ जना निको भएका छन् । चैत ११ मा लकडाउन सुरु हुँदा नेपालमा दुई जना मात्र संक्रमित थिए ।
प्रकाशित २४ बैशाख २0७७ , बुधबार | 2020-05-06 09:01:59
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार