एमसीसी सम्झौता छिटो अनुमोदन हुनुपर्छःप्रधामन्त्री ओली

एमसीसी सम्झौता छिटो अनुमोदन हुनुपर्छःप्रधामन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले एमसिसी सम्झौता छिटो अनुमोदन हुनुपर्ने बताएका छन् ।

काठमाडौँको राष्ट्रिय सभागृहमा आजदेखि शुरु भएको पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा उद्घाटन सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले संयुक्त राज्य अमेरिकासँग तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा विसं २०७४ साल भदौ २९ गते गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतानुसार अमेरिकी अनुदान तथा प्राविधिक सहायता र नेपाल सरकारको लगानीमा विभिन्न आयोजना बन्ने भएकाले यसलाई संसद्बाट अनुमोदन गर्न ढिला गर्न नहुने स्पष्ट गर्नुभयो ।     

पाँचवर्षे सो सम्झौताको कतिपय बुँदामा प्रश्न उठे पनि यसलाई कार्यान्वयन गर्नाको विकल्प नभएको जनाउँदै उहाँले भन्नुभयो, ‘यसमा धेरै विवाद गरिरहनु पर्दैन, यसमा नेपाललाई होच्याउने, अपमान गर्ने वा हिन्द प्रशान्त रणनीतिको सम्बन्धको कुरा छैन, हरेक देशका अनेक अदृश्य स्वार्थ हुन सक्छन्, त्यसमा हामी नजाऔं, त्यसरी जाने हो भने कुनै मुलुकसँग सम्बन्धै नराख्ने कुरा पनि उठाउन सकिन्छ तर हामीले आफ्नो मुलुकको स्वार्थ र प्राथमिकता हेर्ने हो ।’  

 सीमा विवाद कूटनीतिक संवादबाट         

नेपाली भूगाग लिम्पियाधुरालाई आफ्नो नक्शामा समावेश गरी भारतले नक्शा सार्वजनिक गरेकामा उक्त कार्य सुगौली सन्धिको विरुद्ध रहेको भनी पहिलो पटक लिखित पत्राचार गरी छिमेकी भारतलाई आग्रह गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसबारे आफूले संसद्मा विस्तृतरुपमा राख्ने जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘आपसी संवादको माध्यमबाट सीमा विवादको समाधान गर्न सकिनेछ र त्यही प्रयास गरिरहेका छौं,सरकारले राष्ट्रहितलाई बेवास्ता गर्दैन,यो राष्ट्रवादी र सत्यका लागि लड्न आँट गर्ने सरकार हो, हामी जोसुकैसँग पनि सार्वभौम समानताका आधारमा कुरा गर्न सक्छौं ।’             ‘चौतर्फी र विकास र उपलब्धि’     

सरकारका दुई वर्षका उपलब्धिबारे अवगत गराउँदै उहाँले त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको, टनेल बोरिङ मेशिनबाट भेरी बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ छेडिएको, अन्तरराष्ट्रिय विमानस्थलहरुको निर्माणमा तीव्रताका साथै अन्य विमानस्थलको व्यवस्थापन शुरु भएको र संघीय संसद् भवनलगायत राष्ट्रिय आवासहरुको निर्माण शुरु भएको बताउनुभयो ।     

नेपाल–भारतबीच ४०० केभी प्रसारण लाइन निर्माण शुरु भएको, जनता आवास कार्यक्रम लागू भएको, मेलम्ची खानेपानी आयोजना यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी शुरु गरिएको, २२८ स्वास्थ्य भवन बनेको, भूकम्पपछिको पुनर्निर्माणले असाधारणरुपले गति लिएको र ७५३ पुरातात्विक सम्पदामध्ये ३८७ सम्पदा पुनर्निर्माण सम्पन्न भएको जनाउनुभयो ।

उहाँले विद्यालयमा समयमै निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने प्रबन्ध भएको, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार गरिएको र स्वास्थ्य बीमा कार्यक्रम विस्तार भएको बताउँदै कर्मचारी र श्रमिकको पारिश्रमिक वृद्धि गरिएको, विद्युतीय सुशासन लागू र फोरजी सेवा विस्तार गरिएको, काठमाडौंका सडकमा बेसहारा रहेका व्यक्तिलाई उद्धार गरिएको र खेल क्षेत्रमा प्रोत्साहन गरिएको अवगत गराउनुभयो ।

उहाँले नयाँ कानून निर्माण भइरहेको, संघीय कार्यान्वयनका लागि विभिन्न काम भएको, वित्तीय संघीयता कार्यान्वयनमा ल्याइएको र भ्रष्टाचार न्यूनीकरण शुरु भएको पनि बैठकलाई जानकारी गराउनुभयो । 

यसैगरी प्रधानमन्त्री ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध विस्तारसँगै अन्य मुलुकसँगको सम्बन्ध विस्तार र सगरमाथा संवाद आयोजनाको तयारी हुनुले मुलुकमा लगानी र पर्यटन वृद्धि भई समृद्धिका लागि सहयोग पुग्ने बताउनुभयो ।  

उहाँले यती होल्डिङसँग नेपाल ट्रष्टका जग्गा र सम्पत्ति भाडामा लगाउने कार्य विगतदेखि शुरु भएको उल्लेख गर्दै हालका सम्झौता र नवीकरण कानूनसम्मत तथा बजार मूल्यअनुकूल रहेको स्पष्ट गर्नुभयो । 

अध्यक्ष ओलीले पार्टी एकता प्रक्रियालाई सबै तहमा पूर्णता दिई तल्लो तहसम्म परिचालन गर्न स्पष्ट मार्गदर्शन दिन बैठक सफल हुने अपेक्षा पनि व्यक्त गर्नुभयो ।  रासस

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला