काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित सपथ ग्रहण समारोहमा सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, उपराष्ट्रपति नन्द बहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरूलगायत उपस्थित थिए । सापकोटा प्रतिनिधिसभाबाट आइतबार निर्विरोध सभामुखमा निर्वाचित भएका हुन् ।
प्रकाशित १३ माघ २0७६ , सोमवार | 2020-01-27 07:26:00
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार