काठमाडौं । नेकपाका नेता अग्नि सापकोटा निर्विरोध सभामुख चयन भएका छन् । मंगलबार उम्मेदवारीका लागि निर्धारित समयमा अन्य दलबाट मनोनयन दर्ता नगरेपछि उनी निर्विरोध निर्वाचित हुने पक्का भएको छ। यसको औपचारिक घोषणा भने माघ १२ गते हुनेछ ।
१२ गते बस्ने प्रतिनिधिसभाको बैठकमा अरु कसैको उम्मेदवारी नपरेकोले सापकोटा निर्विरोध चयन भएको घोषणा हुनेछ।
संसद् सचिवालयले मंगलबार ११ देखि २ बजेसम्म सभामुखको उम्मेदवारी दिने कार्यक्रम सार्वजनिक गरेको थियो । नेकपाबाट नेता अग्निप्रसाद सापकोटाले संसद् भवन बानेश्वरमा पुगेर बिहान मनोनयन दर्ता गराएका थिए। नेकपाको आइतबार बसेको सचिवालय बैठकले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने र समर्थन पनि कसैलाई नगर्ने निर्णय गरेको थियो।
प्रकाशित ७ माघ २0७६ , मङ्गलबार | 2020-01-21 12:22:07
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार