काठमाडौं । हेटौंडा । मकवानपुरको थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस अवस्थामा भेटिएका ८ जना भारतीय नागरिकको मृत्यु भएको छ । मंगलबार बिहान अचेत अवस्थामा फेला परेका ४ पुरुष र ४ जना महिला भारतीय पर्यटकको उपचारका क्रममा काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो ।
अस्पतालका एक डाक्टरका अनुसार राती एउटै कोठामा सुतेका उनीहरूले ठूलो ग्यास हिटर बालेका थिए । झ्याल ढोका बन्द गरेर ग्यास बालेका कारण कार्बनमोनोअक्साइ उत्पन्न भइ निस्सासिएर बहोस भएका हुन् । ‘प्रयाप्त अक्सिजनको अभावमा ग्यास हिटरबाट कार्बनमनोअक्साइड उत्पन्न भइ उनीहरू बेहोस भएका हुन’ ती डाक्टरले भने ।
प्रहरी प्रवक्ता शैलेन्द्र क्षेत्रीका अनुसार मृतकहरू एउटै कोठामा सुतेका थिए,ग्यास हिटर बालेर सबै भm्याल ढोका बन्द गरेका कारण निसास्एिर ८ जनाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
मृत्यु हुनेमा ३९ वर्षीय प्रविन कृष्ण नायर, उनकी श्रीमती ३४ वर्षीया शरजया नायर, ४ वर्षीया छोरी भद्र, ६ वर्षीया अर्की छोरी अर्चा र छोरा अभिनव रहेका छन् । त्यसैगरी ३९ वर्षीय रञ्जित कुमार, उनकी श्रीमती ३१ वर्षीया इन्दु रञ्जित, दुई वर्षीय छोरा वैष्णभ रहेको प्रहरीले जनाएको छ ।
झ्याल ढोका बन्द गरी ग्यास हिटर बालेका कारण निस्सासिएर बेहोस भएका उनीहरूको राती नै मृत्यु भएको हुनसक्ने प्रहरी अनुसन्धानले जनाएको छ ।
उनीहरु रिसोर्टको १०१ नम्बर कोठामा बास बसेका थिए । एउटै कोठामा आठ जना सुतेका ती पर्यटक आज बिहान बेहोस अवस्थामा फेला परेका थिए उहाँहरु लाई हेलिकप्टरबाट काठमाडौँको ह्याम्स् अस्पताल ल्याइएको थियो । ५ र ३ जना गरी दुई पटकमा गरी हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएका उनीहरुको ह्याम्स अस्पतालको आकस्मिक कक्षमा उपचार शुरु गरिएको थियो ।
उनीहरु पोखराबाट सोमबार साँझ दामनस्थित उक्त रिसोर्टमा बास बस्न आएका मकवानपुरको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित ७ माघ २0७६ , मङ्गलबार | 2020-01-21 09:28:33
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार