विराटनगर । कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुख छनोट गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सकस भए आफ्नो पार्टी उम्मेदवारी दिन तयार रहेको बताएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले संसदलाई बन्धक बनाउनु राम्रो होइन, सभामुख चाँडो चयन गरेर संसद सञ्चालन गर्न उनले सरकासँग माग गरे । देउवाले भने,‘उहाँहरु मिल्न सक्नुहुन्न भने हामीलाई दिए हुन्छ, हामी सभामुख बनाएर संसद चलाइदिन्छौ ।’
सभापति देउवाले अमेरिकी सहयोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ एमसीसीलाई चाँडै संसदबाट अनुमोदन गरी कार्यान्यनमा ल्याउनुपर्ने बताए । एमसीसी अन्य केही नभएर विकासको लागि अमेरिकी सहयोग भएकाले संसदबाट सहज रुपमा अनुमोदन गर्नु पर्ने उनको तर्क थियो ।
उनले पार्टीको १४ औं महाधिवेशन नसर्ने र तोकिएको मितिमै सम्पन्न गर्न आफू दृढ रहेको बताए । देउवाले भने,‘ठूलो पार्टीमा केही व्यक्ति असन्तुष्ट हुँदैमा पार्टी त्यसको पछि लाग्ने होइन, असन्तुष्ट पक्षसँग छलफल भइरहेको छ, मिलेरै अघि वढने हो ।’
प्रकाशित १ माघ २0७६ , बुधबार | 2020-01-15 12:08:54
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार