प्रदेश नं ३ को नाम बाग्मती राजधानी हेटौंडा

          प्रदेश नं ३ को नाम बाग्मती राजधानी हेटौंडा

हेटौडा ।  प्रदेश ३ को नाम बागमती र स्थायी राजधानी हेटौडा कायम भएको छ ।

आइतबारको प्रदेश सभा बैठकमा भएको मतदानमा दुई तिहाईभन्दा बढी सांसदले बागमतीको पक्षमा मतदान गरेका छन्। प्रदेशको नाम बागमती राख्ने प्रस्तावको पक्षमा एक सय आठ मत परेको छ। प्रदेश सभामा एक सय १० सदस्य रहेका छन्। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले यसअघि नाम र राजधानीबारे निर्णय गरेको थियो ।

त्यहीँ निर्णयलाई प्रदेशसभा संसदीय दलले सदर गर्दै प्रदेशसभामा पेस गरेको थियो । जसमा प्रमुख विपक्षी नेपाली कांग्रेसँगै राप्रपा, राप्रपा संयुक्त र नेमकिपाले पनि समर्थन गरेका थिए । प्रदेशको स्थायी राजधानीको विपक्षमा देखिएको विवेकशिल साझाले समेत प्रदेशको नाम बागमतीमा सहमती जनाएसँगै प्रदेश नंम्बर ३ को नाम बागमती र राजधानी हेटौडा कायम भएको हो ।

प्रतिकृया दिनुहोस

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला