काठमाडौं । समाजवादी पार्टीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार पार्टीको कार्यकारिणी समितिको बैठकबाट औपचारिक निर्णय गर्दै सरकारलाई दिएका समर्थन फिर्ता लिने र संविधान संशोधनका लागि सडक संघर्षमा जाने निर्णय गरेको हो । पार्टीले पत्रकार सम्मेलन गरि सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएको छ ।
सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकारलाई दिएको समर्थन फिर्ता लिई आजकै मितिदेखि प्रतिपक्षमा रहने स्पष्ट पारे । उनले भने,‘सरकारले संविधान संशोधनको मुद्धामा टेर पुच्छर नलगाएपछि सरकार छाडन बाध्य भयौं,अब सडक संघर्ष गर्छौ ।’ पत्रकार सम्मेलनमा अर्का अध्यक्ष डा. बाबुराम भट्टराई लगायत केन्द्रीय नेताहरू सहभागी थिए ।
समाजवादी पार्टीको प्रतिनिधित्व गरी सरकारमा उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी पाउनुभएका अध्यक्ष यादब र शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले मङ्गलबार राजीनामा गर्नुभएको थियो । राजिनामा दिएको भोलिपल्ट समाजवादी पार्टीले पत्रकार सम्मेलनको आयोजना गरेर समर्थन फिर्ता लिएको जनाएको छ ।
समजवादी पार्टीले समर्थन फिर्ता लिए लगत्तै सरकारले दुई तिहाइको हैसियत गुमाएको छ । २७५ सदस्य रहेको प्रतिनिधि सभामा सरकारलाई समाजवादीको समर्थनमा १९१ सांसदको समर्थन थियो । समाजवादीले समर्थन फिर्ता लिएसँगै अब १७४ सांसदको समर्थन छ । जुन संख्या दुई तिहाइ नभए पनि सुविधाजनक बहुमत हो ।
प्रकाशित ९ पुष २0७६ , बुधबार | 2019-12-25 09:36:13
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार