हाकिम साबलाई चिसो लाग्यो,हुम्लाका २० ओटा कार्यालय प्रमुख विहीन

दाने बोहरा/हुम्ला अत्याधिक चिसो बढेपछि हुम्लाका कार्यालय प्रमुखले जिल्ला छाडेका छन् ।  जिल्लाका ३२ ओटा सरकारी निकाय रहेकामा मध्य हिउँदसम्ममा २० ओटा प्रमुख विहीन भएका छ ।

हाकिम साबहरू चिसो छल्न गएपछि सेवाग्राही मर्कामा परेका छन् । जिल्लाको नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालयमा प्रमुख छैनन् । प्रमुख बिहीन सरकारी कार्यालयमा जिल्ला निर्वाचन, कोष तथा लेखा नियन्त्रण कार्यालय, यारी भान्सार कार्यालय, सिचाइँ सव डिभिजन कार्यालय, खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय, भेटेनरी तथा पशु सेवा कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला अदालत, मालपोत कार्यालयमा प्रमुख नरहेको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललले बताए ।

नेपाल खाद्य संस्थान, सरकारी वकिल, अनुसन्धान, जिल्ला अस्पताल, डिभिजन वन, स्याउ जोन, हिल्दुम वितरण केन्द्र, जिल्ला समन्वय समिती, सिमको हिल्सा सडक आयोजना, कृषि विकास बैंक, सिचाइँ, नयाँ भैरवीदल गुल्म,भौतिक पुर्वधार, शिक्षा तथा समन्वय इकाई समिती, आलुबाली विकासका प्रमुख समेत चिसो छल्दै जिल्ला बाहिर गएको उनले बताए ।

कार्यालय प्रमुख हिडेपछि अधिकृत,सहायक, खरिदार तथा कार्यालय सहयोगीका भरमा कार्यालयहरु सञ्चालन भइरहेको छ । कार्यालय प्रमुख नहुँदा निर्णायक काम गर्न असहज भएको हमालको भनाइ छ । जिल्लामा चिसो बढेसँगै वर्षेनी सरकारी कार्यालयहरु सुनसान हुने गर्छन । जिल्ला कृषि विकास कार्यालयमा १३ जनाको दरबन्दीमा मध्ये हाल पाँच जना कर्मचारीको दरबन्दी रहेता पनि कार्यालय प्रमुख नै जिल्ला बाहिर रहेका छन् ।

संघले हुम्ला जस्तो दुर्गम जिल्लामा सरकारी कार्यालयमा कर्मचारी दरबन्दी अनुसार नपठाउँदा काम कामजमा समेत समस्या हुने कृषी विकास कार्यालयका निमित्त गगन रावलले बताए । दरबन्दी अनुसार कर्मचारी नहुँदा दैनिक काममा समेत समस्या हुने गरेको उनको भनाइ छ । जिल्ला भेटेनरी तथा पशु सेवा कार्यालयमा दैनिक जसो पशुपालक कृषक औषधि र विभिन्न कामले आउने गरेता पनि कार्यालय प्रमुख नहुँदा सेवा ग्राही रित्तो हात फर्कनु परेको सेवाग्राहीको गुनासो छ ।

उक्त कार्यालयमा अहिले पशु जेटिए दुई जना महिना कर्मचारी रहेता पनि कार्यालयका जिम्मेवार अधिकारी नहुँदा दैनिक कार्यालय खोल्ने र बन्द गर्ने काम भएको कर्मचारी तारा लामा र जुनु रोकायाले बताईन् । गाउँबाट सेवा ग्राही सेवा लिन आएता पनि प्रमुख नहुँदा फिर्ता पठाउने गरेको उनीहरुको भनाई रहेको छ ।

सीमा भन्सार कार्यालय चिसोले सिमकोटमा

नेपाल र चीनको सीमानामा रहेको हिल्सा भन्सार कार्यालय चिसोका कारण सदरमुकाम सिमकोटमा सारिएको छ । हिमपातले चिसो बढेपछि हिल्सामा रहेका भन्सार कार्यालय प्रमुख विहीन भएपनि कामकाज भने सदरमुकामबाट भइरहेको छ ।

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला