काठमाडौं । शीतलहरकै कारण अत्याधिक चिसो बढ्न गएकोले धनगढी उप(महानगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको छ ।
उप(महानगरले आज र भोलि २ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । सबै सरोकारवालासँग धनगढी उपमहानगरपालिकाले छलफल गरेपछि उक्त निर्णय गरेको थियो ।
उपमहानगरपालिकाका मेयर नृप ओडले सरोकारवालाहरु संगको छलफल पछि बिहीवार र शुक्रवार २ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको बताए । उनले शनिबारको मौसम पछि फेरि के गर्ने भन्ने बिषयमा भने छलफल हुने बताए ।
उता भिमदत्त नगरपालिका महेन्द्रनगर कञ्चनपुरले पनि चिसोका कारण आज र भोलि विद्यालय बन्द गर्ने निर्णय हिजो नै गरिसकेको छ ।
उता दुई दिनदेखि शीतलहर चलेकै कारण धनुषाको जनजीवन पनि प्रभावित भएको छ । शीतलहरसँगै बढेको चिसोलाई ध्यान दिएर स्थानीय समुदायको सहयोगमा धनुषा प्रहरीले बुधबार जनकपुरका विभिन्न स्थानमा दाउरा बाँडेको छ ।
शीतलहर र चिसोबाट थोरै भए पनि राहत हुने भन्दै आजदेखि जनकपुरको विभिन्न चौकमा दाउरा बाँड्न सुरु गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
जनकपुरको रामानन्द चोक, पिडाड़ी चोक, भानु चोक , शिव चोक लगायतका स्थानमा स्थानीयको सहयोगमा दाउरा वितरण गरिएको हो ।
तराईमा मंगलबार बिहानदेखि लागेको हुस्सु नहट्दा र देशका अरु ठाउँमा पनि बिहानपख बाक्लो हुस्सु लागेछि जनजीवन प्रभावित भएको छ । तराईमा हुस्सुसँगै चिसो हावा चलेपछि धेरैजना घरबाट बाहिर निस्कन सकेका छैनन् ।
रूपन्देही, सुनसरी, बारा लगायत तराइका सबैजसो जिल्लामा शीतलहरका कारण चिसो अत्याधिक बढेको छ ।
चिसो बढ़े सँगै क्लोथ बैंक धनुषाले न्यानो कपड़ा वितरण सुरु गरेको छ । मंगलवार राति ९ बजेदेखि ११ बजे सम्म सड़क फुटपाथमा सुत्ने गरीब र दिनदुखरुहरु ३ दर्जन व्यक्तिलाई न्यानोको लागि कम्बल वितरण गरेको छ ।
प्रकाशित ३ पुष २0७६ , बिहिबार | 2019-12-19 08:06:17
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार