काठमाडौ । नौमतीबाजा समुहले नौमती बाजा मार्फत् समाजमा महिला सशक्तिकरण र सचेतनाको अभियानलाई गतिदिएका छन् । उनीहरुले परम्परागत पञ्चेबाजा संरक्षण र संवद्र्धन गर्दै सामाजिक परिवर्तनको अभियान चलाएका हुन् ।
रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गर्दै महिला नौमतीबाजा समुहले महिलालाई वाद्यवाधनमा सक्रिय बनाएर सामाजिक परिवर्तनको अभियानचलाएको जानकारी गराएको छ ।
समुहकी अध्यक्ष जानुकापौडेलले यो समुहका महिलाले देशमा पहिलो पटक पञ्चेबाजा बजाएर इतिहास रचेको बताइन् । विभिन्न चुनौतीहरु पार गर्दै महिलालाई ऐतिहासिक संस्कृतिको संरक्षणमा सरिक बनाएर सशक्तिकरणको अभियानमा जागरुक बनाएको उनको भनाई छ ।
उनले भनिन्, हामीले ऐतिहासिक संस्कृतिको संरक्षणमा महिलालाई सरिक गराएर समाजमा नयाँ सन्देश फैलाएका छौं ।
प्रकाशित २ पुष २0७६ , बुधबार | 2019-12-18 10:17:25
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार