काठमाडौं । आपूर्तिकर्ताहरुले आफूखुशी अण्डाको मूल्य तय गरेको भन्दै अण्डा उत्पादक सङ्घले भरतपुरको चौबिसकोठीमा अण्डा फोरेर प्रदर्शन गरेका छन । अण्डा उत्पादक सङ्घले तोकेको मूल्यभन्दा कम मूल्य राखी आपूर्तिकर्ताहरुले खरिद गर्ने गरेको र बिक्री गर्दा महँगोमा गरेको भन्दै उत्पादक सङ्घले विरोध प्रदर्शन गरेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनअगाडि रहेको गेष्टहाउसको चौरबाट शुरु भएको विरोध प्रदर्शन चौबिसकोठीमा पुगेर अण्डा फुटाएर टुङ्गिएको थियो । नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा १५ पेटी अण्डा फोरेको अण्डा उत्पादक सङ्घका केन्द्रीय कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताए । उनले बिचौलियाहरु आफैँले अण्डाको मूल्य निर्धारण गरेर अण्डाको मूल्य घटाएको र पाँचजना किसानलाई प्रहरीले पक्राउ गरेको विरोधमा सडकमै अण्डा नष्ट गरेको जानकारी दिएका छन । उनीहरुले जिल्ला प्रहरी कार्यालय परिसरअगाडि गेष्टहाउस चौरबाट चौबिसकोठीसम्म नाराबाजी गर्दै ¥यालीसमेत निकालेका थिए । चितवनमा करिब ४०० अण्डा उत्पादक किसानहरु रहेका छन् । केही दिनअघि पोल्ट्री व्यवसायी मञ्चमा तोडफोड गरेको अभियोगमा कुखुरा पाल्ने पाँचजना कृषकलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रकाशित २ पुष २0७६ , बुधबार | 2019-12-18 09:35:48
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार