काठमाडौं । आज पुस १ गते अर्थात नेपाली राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो पहिचान’ भन्ने नारासहित नेपाली राष्ट्रिय झण्डा दिवस मनाइएको हो ।
२०६२ साल पुस १ गते संयुक्त राष्ट्र संघले नेपालको झण्डालाई अङ्कित गरेको दिनलाई स्मरण गर्दै आजको दिनलाई राष्ट्रिय झण्डा दिवस रुपमा मनाइएको हो ।
दिवसका अवसरमा राष्ट्रिय धरोहर प्रतिष्ठान नेपाल र राष्ट्रिय पोशाक महाअभियान नेपालले माइतिघरबाट बबरमहलसम्म नेपाली झण्डा बोकी र्याली निकालिएको थियो ।
अन्तराष्ट्रिय रूपमा नेपालीपनको प्रवद्र्धन र प्रसार गर्ने उद्देश्यले यो दिवस मनाइएको राष्ट्रिय पोशाक महाअभियानका अध्यक्ष राजानन्द माण्डव्यले बताए ।
प्रकाशित १ पुष २0७६ , मङ्गलबार | 2019-12-17 07:36:25
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार