मङ्सिर । दोलखाको कालिञ्चोकबाट तीर्थयात्रु बोकेर भक्तपुर फर्कदै गरेको रिर्जभ बस दुर्घटनामा परेर मृत्यु हुनेमध्ये १२ जनाको सनाखत भएको भएको छ । सिन्धुपाल्चोकको लामोसाँघु जिरी सडक खण्ड अन्तरगत सुनकोशी गाउँपालिका वडा नं ७ को ६ किलो नजिकै आइतबार बिहान तीर्थयात्रु बोकेको बस दुर्घटनामा परेको थियो ।
भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने बा २ ख ४४६८ बस सडकबाट सिधै १ सय ५० मिटर तल खसेर थियो । दुर्घटनामा १२ यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो भने दुई जनाको उपचारको क्रममा सिन्धु सदावहार अस्पताल खाडिचौरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालाय बाह्रबिसेका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।
बस दुर्घटनामा मृत्यु हुनेहरुको नामावली–
१) सिन्धुपाल्चोक जुगल गाउँपालिका ७ की ७ वर्षीया सबिना तामाङ
२) सिन्धुपाल्चोक जुगल गापा ७ कै २८ वर्षीय शुकबहादुर तामाङ
३) सिन्धुपाल्चोक जुगल गापा ७ कै २८ वर्षीया मञ्जु तामाङ
४) दोलखाको भीमश्वर नगरपालिका ९ की ४२ वर्षीया लक्ष्मी श्रेष्ठ
५) रामेछाप उमाकुण्ड गापा ४ का २४ वर्षीय महेश तामाङ
६) सिन्धुपाल्चोक बलेफी गाउापालिका ७ की ३७ वर्षीया फूलमाया तामाङ
७) काभे्रपलाञ्चोकको बेथानचोक गापा ५ का ३५ वर्षीय रामशरण खत्री
८) काभे्रपालाञ्चोक बेथानचोक ५ की ३५ वर्षीया मैयाँ खत्री
९) दोलखा शैलुङगेश्वरी गापा ६ का १० वर्षीया रञ्जिता बस्नेत
१०) सिन्धुपालचोक लिसंघुपाखर गाउँपालिका ७ की ५३ वर्षीया गंगामाया लामा
११) सिन्धुपाल्चोक जुगल गापा ७ की ३० वर्षीया रेश्मा तामाङ
१२) सिन्धुपाल्चोक जुगल गापा ७ की १५ महिनाकी रोशनी तामाङ
प्रकाशित २९ मङ्गसिर २0७६ , आइतबार | 2019-12-15 11:56:31
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार