सिन्धुपाल्चोक । दोलखाको कालिञ्चोक तीर्थ यात्र गरेर फर्केको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । आइतबार बिहान ७.३० बजे लामोसाँघु जिरी सडक खण्डको ६ किलो नजिकै बस दुर्घटना भएको हो । दुर्घटनामा १९ यात्रु घाइते भएका छन्।
दोलखाको कालिञ्चोकबाट भक्तपुर फर्कँदै गरेको बा४ख ४४६८ नम्बरको बसमा कति यात्रु थिए भन्ने एकीन छैन । दुर्घटनामा १३ यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक जनाको उपचारको क्रममा सिन्धु सदावहार अस्पताल खाडिचौरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरुको सिन्धु सदावहार अस्पताल र गम्भीर घाइतेहरुलाई थप उपचारको लागि काठमाडौ लगिएको छ । शनिबार भक्तपुरबाट रिर्जभ गएको बस बेलुकी कालिञ्चोक नजिकै कुरीमा बास बसेर बिहान आएको घाइतेहरुले बताएका छन् । मृतकको सनाखत भइनसकेको छैन ।
प्रकाशित २९ मङ्गसिर २0७६ , आइतबार | 2019-12-15 05:10:27
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार