काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ट्याक्सी चालकको संघर्ष यात्रुसँग नभएर सरकारसँग रहेको बताएका छन् । उनले सरकारसँगको समस्यालाई लिएर यात्रुलाई दुःख नदिन पनि चालकहरूलाई आग्रह गरेका थिए ।
शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल यातायात मजदूर संघ,ट्याक्सी विशेष समितिको दोस्रो काठमाडौं जिल्ला सम्मेलनमा मन्त्री भट्टले व्यसायीका माग हल गर्न आफू सकारात्मक रहेको बताए ।
मन्त्री भट्टले यातायात क्षेत्रमा रहेको सिन्डिकेट आफ्नै पालामा हटाएको दाबी गरे । उनले भने,‘सिन्डिकेट हटेपनि सबै समस्या हल भइ सकेको छैन ।’ प्रालिमा सञ्चालन हुन धेरै समितिहरू असमर्थ रहेकाबारे आफू जानकार रहेको मन्त्री भट्टको भनाइ छ ।
सम्मेलनले सूर्य तामाङको अध्यक्षतामा संघको नयाँ नेतृत्व समेत चयन गरेको छ । उपत्यका ट्याक्सी विषेश समिति ३५ सदस्यीय रहेको सह–सचिव राजकुमार राईले जानकारी दिए । संघको उपाध्यक्ष रवीन्द्र भुपाल प्रधान, कोषाध्यक्ष नविना खड्का र सचिवमा निरज केसी निर्वाचित भएका छन् ।
सम्मेलनमा महावौद्ध ट्याक्सी इकाई कमिटीका सह–कोषाध्यक्ष मृतक रवीन्द्र गौतमको परिवारलाई नगद रू.२ लाख प्रदान गरिएको थियो । मृतक गौतमको संघको कामको शिलशिलामा विद्युतीय दुर्घटनामा परेर मृत्यु भएको थियो ।
प्रकाशित २८ मङ्गसिर २0७६ , शनिबार | 2019-12-14 12:55:35
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार