बाहिर हिमपात भित्र परीक्षा

 बाहिर हिमपात भित्र परीक्षा

दाने बोहरा / हुम्ला  हुम्लामा दोस्रो पटक हिमपात भएपछि सरदमुकाम सिमकोट लगायत जिल्लाभरको जनजीवन प्रभावित भएको छ । हिमपातबाट सबैभन्दा बढी स्कुले विद्यार्थी प्रभावित बनेका छन् ।

सदरमुकाम सिमकोटमा शुक्रबारबाट पालिका स्तरीय बार्षिक परीक्षा दिने कलिला बालबालिका काप्दै परीक्षा दिन वाध्य भए । 

सिमकोटमा रहेको बालमन्दिर माध्यामिक विद्यालयले कक्षा एक र दुइमा पढने विद्यार्थीका लागि आगो ताप्ने व्यवस्था गरेको थियो । ‘आज पहिलो दिन अचानक हिमपात भयो वार्षिक परीक्षा भएकाले कलिला बालबालिकका लागि आगो ताप्ने व्यवस्था मिलाएको शिक्षिका पार्वती रावतले बताइन् । 

सो विद्यालयमा कक्षा एकमा २५ जना रे दुईमा १२ जना विद्यार्थीले आगो ताप्दै परीक्ष दिए । वैकल्पिक उपाए नहुँदा आगो बालेर पालैपालो विद्यार्थीलाई आगो तपाउँदै लेख्न लगाउने गरेको शिक्षिका रावतले बताइन् । 

सिमकोट पालिकास्तरीय वार्षिक परीक्षा वडा एक देखि आठसम्मका सबै विद्यालयमा सञ्चालन आजबाट शुरु भएको हो । ‘कक्षा एक र दुईका विद्यार्थी चिसोले रुन थालेपछि कक्षा कोठमाभित्रै आगो बालेर समूह–समूहमा बसाली आगो तपाउँदै लेख्न लगाउने गरेको शिक्षीका रावतले बताईन् ।  हिमपातले लेख्न निकै कठिनाई भएकोे बालमन्दिर माविका विद्यार्थी ममता भण्डारीले बताइन् । 

सिमकोटमा रहेका मानसरोवर माध्यािमक विद्यालय, बालमन्दिर मावि, भीमसेन आधारभूत विद्यालय र कालाशिल्ता प्राविमा परीक्षा दिने विद्यार्थीलाई चिसोले गर्दा परीक्षा दिन समस्या बनाएको मानसरोवर माविका प्रधानध्यापक अमर बहादुर शाहीले बताए । 

वडा नम्बर आठमा रहेका विद्यालयले भने हिमपातका कारण आवत–जावतमा समस्या देखिएकाले परीक्षा नै स्थगन गरेका छन् ।    जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातका कारण पशुचौपाया, बालबच्चा, वृद्धवृद्धालाई बढी समस्या बनाएको छ ।

चिसोले गर्दा उत्तरी नाम्खा गाउँपालिकाका तिल,जाङ्ग, हल्जी,यारी,मुचु, गाउँका स्थानीय घरबाहिर निस्केर काम गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । जिल्लाको तापक्रम माईनस ६ डिग्रीमा झरेपछि हुम्ला चिसिएको छ । 

 

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला