काठमाडौं । हुम्लामा भीषण हिमपात भइरहेको छ । हिमपातका कारण स्थानीय बासिन्दाहरुको जनजीवन कष्टकर भएको छ ।
भिषण हिमपातका कारण हेलिकप्टर समेत आवात - जावत गर्न सकेको छैन । जसका कारण हिजो हुम्लाको नाम्खामा भएको टिपर दुर्घटनाका घाईतेलाई उद्धार गर्न समस्या भएको छ ।
भारी हिमपातका कारण सदरमुकाम सिमकोट बाट घटनास्थलमा पुग्न मुस्किल भएकोले घाईतेको उद्धार हुन नसकेको हो ।
हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा दुईको घटनास्थलमै मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए ।
प्रकाशित २७ मङ्गसिर २0७६ , शुक्रबार | 2019-12-13 07:30:24
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार