काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण देशभरी सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ । महाशाखाले एक सूचना जारी गर्दै केही स्थानमा हल्का वर्षा र केही स्थानमा भारी हिमपात हुने बताएको छ ।
शुक्रबार देशका सबै स्थानमा सामान्यदेखि पूर्ण रुपमा बदली हुने र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारी हिमपात हुने पूर्वानुमानमा उल्लेख छ । मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागहरुमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको छ । साथै, पश्चिमी भूभागका केही स्थानमा हुरी आउन सक्छ ।
राति पनि देशैभरी बदलीको सम्भावना रहेको छ । पश्चिमी भेगका केही स्थानहरु साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी, पश्चिमी उच्च पहाडी र हिमाली भूभागहरुमा भारी हिमपात हुन सक्ने भन्दै महाशाखाले सतर्क रहन आग्रह समेत गरेको छ । भने पूर्वका उच्च पहाडीसहित हिमाली भूभागमा पनि सामान्य हिमपात हुनेछ ।
प्रकाशित २७ मङ्गसिर २0७६ , शुक्रबार | 2019-12-13 02:53:36
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार