काठमाडौं । टिकटका विषय विवाद हुँदा प्रहरीले दशरथ रंगशालामा लाठी चार्ज गरेको छ।
नेपाल र भुटानबीच आज दिउँसो हुने साग फुटबलको फाइनल खेलका लागि टिकट लिन फुटबल समर्थक युवाहरु रंगशाला पुगेका थिए । टिकट सकिएको भन्ने जवाफ सुनेर आक्रोशित बनेका युवाहरुमाथि प्रहरीले लाठी चार्ज गरेको हो ।
प्रहरीले फुटबल समर्थक एक जनालाई घेरा हालि कुटपिट गरेको छ । कुटपिटको दृश्यको फोटो खिचेको भन्दै पत्रकारहरुलाई समेत प्रहरीले दुर्व्यवहार गरेको छ । नागरिक दैनिकका पत्रकार सुमन चापागाईंलाई प्रहरीले दुर्व्यवहार गरेको हो । पत्रकार चापागाईं घाइते भएका छन् ।
टिकट सकिएको भन्दा पनि युवाहरू होहल्ला गर्दै धकेलाधकेल गर्न थालेपछि भीड नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको हो ।
प्रकाशित २४ मङ्गसिर २0७६ , मङ्गलबार | 2019-12-10 08:30:40
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार