काठमाडौंं। आज ७१ औँ विश्व मानव अधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
सन् १९४८ डिसेम्बर १० तारिखका दिन पहिलोपटक संयुक्त संघीय विश्वव्यापी मानव अधिकारहरूको घोषणा भएको थियो । सोही सम्झनामा विश्वभरि प्रत्येक वर्ष डिसेम्बर १० अर्थात आजको दिन यो दिवस मनाइन्छ ।
मानव अधिकारको विश्वव्यापी घोषणापत्र संसारमा सबैभन्दा बढी ५०० भाषामा अनुवाद गरिएको घोषणापत्र हो ।
राष्ट्रपतिद्वारा शुभकामना
७१ औँ विश्व मानव अधिकार दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएका छन ।
‘मानव अधिकारको उपयोगमा आफ्नो कर्तव्य पूरा गर्दै राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय एकताजस्ता कुराहरूलाई समेत मनन गर्नुपर्छ,’ राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ, ‘विश्वव्यापीरूपमा स्थापित मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्चितता नेपालको संविधानले गरेको छ । साथै मानव अधिकारको प्रवर्द्धन र कार्यान्वयनका लागि विभिन्न निकायहरूसमेत क्रियाशिल रहेका छन् यो खुसीको विषय हो ।’
उनले यस दिवसले सम्बद्ध पक्ष र निकायलाई मानव अधिकारको मर्म र भावनालाई आत्मासात गर्दै मानव जातिका साझा अधिकारहरु प्रत्याभूति गर्न सबैलाई सफलताका साथ यस क्षेत्रमा काम गर्न थप उर्जा मिलोस् भन्दै शुभकामना दिएका छन ।
प्रकाशित २४ मङ्गसिर २0७६ , मङ्गलबार | 2019-12-10 02:45:10
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार