नेपालगन्ज । ट्रकले बिद्यार्थीलाई ठक्कर दिएपछि बाँकेको कोहलपुर अहिले तनावग्रस्त बनेको छ ।
आइतबार बिहान साढे १० बजेतिर कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको ना२ख ९४५९ नम्बरको ट्रकले स्थानीय त्रिभुवन माध्यामिक बिद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृती चन्दलाई ठक्कर दिएपछि आक्रोशित भएका विद्यार्थीले ट्रकमा आगजनी गरेका छन् ।
विद्यार्थीले ट्रकमा आगजनी गर्ने क्रममा प्रहरीसँग झडप समेत भएको थियो र स्थिती नियन्त्रणमा लिन प्रहरीले दर्जनौं हवाई फायर गरेको तथा ट्रक चालकलाई समेत प्रहरीले आफ्नो नियन्त्रणमा लिईसकेको छ ।
घाईते चन्दको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ । दुबै खुट्टामा चोट लागेको उनको अवस्था गम्भिर रहेको बताइएको छ ।
घटनापछि आक्रोशित भएका विद्यार्थी तथा स्थानीयवासिन्दाले ट्रकमा आगो लगाईदिएका छन्। ट्रक पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। आन्दोलनका कारण अहिले पनि कोहलपुरको अवस्था तनावग्रस्त रहेको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए। घटनापछि नेपालगन्ज–कोहलपुर सडक खण्डमा यातायात सेवा बन्द भएको छ।
गम्भिर घाइते भएकी बालिकालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ।
प्रकाशित २२ मङ्गसिर २0७६ , आइतबार | 2019-12-08 09:35:56
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार