काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै आफू स्वस्थ रहेको जानकारा दिएका छन् । सोमबार बेलुका मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट भिडियो सन्देश मार्फत उपचाररत प्रधानमन्त्री ओलीले स्वास्थ्य सुधार हुँदै गएको बताएका छन् । आफूलाई एक्कासी एपेन्डिसाइटिस भएकाले अप्रेसन गरिएको स्वाथ्यमा सुधार भएको बताएका छन् ।
सन्देशमा प्रधानमन्त्रीले आफूले आइतबारको साफ खेलकुद लाइभ पुरै हेरेको र साफको उद्घाटन सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै उद्घाटन गरिदिनु भएकोमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा सहभागी सबैलाई धन्यवाद दिनु भएको छ ।
प्रकाशित १६ मङ्गसिर २0७६ , सोमवार | 2019-12-02 12:42:02
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार