मेलमिलाप आयोगमा पदाधिकारी सिफारिस : ६१ मा अधिकांश पुरानै

मेलमिलाप आयोगमा पदाधिकारी सिफारिस : ६१ मा अधिकांश पुरानै

काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीका लागि नयाँ तथा पूर्व पदाधिकारी गरी ६१ जना इच्छुकको नाम सिफारिस समितिले सार्वजनिक गरेको छ ।

सिफारिस समितिको आइतबार बसेको बैठकले आज अध्यक्ष तथा सदस्यको नाम सार्वजनिक गर्ने निर्णय गरेअनुसार आज नाम सार्वजनिक गरिएको छ । 

सत्य निरुपण तथा मेलमिलापमा अध्यक्ष हुन चाहनेमा कमलनारायण दास र मधुप्रसाद रेग्मी रहेका छन भने दुई आयोगका अध्यक्ष हुन चाहनेमा युवराज सुवेदीको नाम रहेको छ ।  त्यसैगरी दुवै आयोगका अध्यक्ष तथा सदस्य बन्ने इच्छुकमा दशजनाको नाम रहेको छ ।

ती नामहरुमा सलाहुद्दीन अख्तर सिद्दिकी, दुर्गाबन्दु पोखरेल, दुमनसिंह थापा क्षेत्री, रेवन्तबहादुर कुँवर, अली अकवर मिकरानी, ताराबहादुर न्यौपाने,गोपीचन्द्र भटट्राई, सीताप्रसाद पोखरेल, गोविन्द गौतम र अरबिन्दकुमार सिंहको नाम इच्छुकमा परेको छ ।

सिफारिस समितिले सातजना व्यक्तिहरुको नाम सिफारिस गरेको छ । त्यसमध्ये पाँचजना पूर्वपदाधिकारी नै रहेका छन । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पूर्वअध्यक्ष लोकेन्द्र मल्लिक, सदस्य आइबहादुर गुरुङ,नरकुमारी गुरुङको नाम रहेको छ ।

सिफारिस समितिले सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्वपदाधिकारी मञ्चला झा र श्रीकृष्ण सुवेदीको नाम सिफारिस गरेको छ । त्यस्तै, सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि नयाँ अध्यक्षमा गणेशदत्त भट्ट र सदस्य डा गंगाधर अधिकारीको नाम सिफारिस गरेको छ ।

द्वन्द्वपीडित राष्ट्रिय समाजले सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्वसदस्य डा माधवी भट्ट पराजुली, नेपाल निवृत शिक्षक समाजले चूडामणि शर्मा, द्वन्द्वपीडित समितिले लक्ष्मी पोखरेल र नेपाल मानव अधिकार सङ्गठनले अध्यक्ष तथा सदस्यमा विजुलकुमार विश्वकर्माको नाम सिफारिस गरेको छ । सिफारिस भएका अध्यक्ष तथा सदस्यप्रति उजुरी गर्नुपरेमा पाँच दिनभित्र उजुरी दिनसमेत समितिले समय दिएको छ ।

दुवै आयोगमा पदाधिकारीमा चाहना राख्ने पुरानै नामका व्यक्तिले पनि फारम भरेका छन् भने व्यक्ति आफैँले र विभिन्न संस्थामा सिफारिक गरेका तथा सिफारिस समितिले सिफारिश गरेका नामहरु छन् ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गत चैतमा सरकारले दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो ।

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला