सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्ने यो उपयुक्त समय होइनःप्रचण्ड

       सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्ने यो उपयुक्त समय होइनःप्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल भारत सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्ने बेला भइनसकेको बताएका छन् । उनले अहिले नै सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गरे हतारो हुने भन्दै दुई पक्षीय सहमतिबाटै विवादको टुगों लगाउन सकिने बताए ।

सोमबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अध्यक्ष प्रचण्डले दुई देशबीच उच्चस्तरीय कूटनीतिक पहल मार्फत सीमा विवाद हल गर्नुपर्ने बताए । सीमा विवादबारे मुलुकभित्र ऐतिहासिक सहमति जुटेको भन्दै सरकारले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नु पर्दछ’, अध्यक्ष प्रचण्डले भने ।  

अध्यक्ष प्रचण्डले लिम्पियाधुरा महाकाली नदीको मुहान भएको र यसको पूर्वको सबै भूभाग नेपालको भएको तथ्य औंल्याउँदै त्यसैको आधारमा नेपाल सरकारले भारत सरकारसँग संवाद गर्नुपर्ने बताए । आफूहरूले एक इञ्च पनि भूमि नछोड्ने र अरूलाई पनि एक इञ्च भूमि नलिने उनले बताए ।

समितिले भारतले आफ्नो सीमाभित्र राखेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ।

 

 

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला