काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डा .गोविन्द केसी १७औं पटकको अनशनका लागि डडेल्धुरा पुगेका थिए । अनसन बसेको एक साता बित्न नपाउदै डा. केसीको स्वास्थ्य अबस्थामा समस्या आएको हो ।
डडेल्धुरा अस्पतालले अनसनरत डा गोविन्द केसीलाई तत्काल सुविधासम्पन्न अस्पतालमा लैजानुपर्ने बताएको छ । अस्पतालका मेडिकल सुपरीटेन्डेन डा जितेन्द्र कंडेलले डा केसीको स्वास्थ्यमा जुनसुकै गम्भीर समस्या पर्न सक्ने भन्दै सुविधासम्पन्न अस्पतालमा लैजानुपर्ने बताएका छन् ।
यसैबीच डा केसीको माग पुरा गर्न दवाव दिन डडेल्धुरास्थित नागरिक समाजका अगुवाहरुले आज जिल्लामा सरकारी नम्बर प्लेटका गाडी सञ्चालन गर्न नदिने बताएका छन् ।
प्रकाशित २४ कार्त्तिक २0७६ , आइतबार | 2019-11-10 07:26:46
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार