भक्तपुर । गृहमन्त्री रामबहादुर थापाले सुखी नेपाली र समृद्ध नेपालको अभियान साकार पार्न सामाजिक जागरण आवश्यक रहेको बताएका छन् ।
शनिबार भक्तपुरमा आयोजित चौथो नेपाल लायन्स फ्रेस्टिबलको उद्घाटन गर्दै गृहमन्त्री थापाले राजनीतिक परिवर्तनपछि सम्वद्धि र विकास आवश्यक भएको भन्दै त्यसका लागि सामाजिक संघ/संस्थाले सकारात्मक भूमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा सम्बोधन गर्दै मन्त्री थापाले भने ‘‘सामाजिक जागरणका लागि सामाजिक संस्थाहरू जाग्नु जरुरी छ ।’ लायन्स क्लबले गर्दै आएको सामाजिक कार्यको मन्त्री थापाले खुलेर प्रशंसा गरे । त्यस अवसरमा फेस्टिबलको उद्घाटन गर्नुका साथै शान्तिको प्रतिक परेवा उडाएका थिए ।
उद्घाटनपछि झाँकीसहित बृहत र्यालीले भक्तपुरको साँस्कृतिक एवं ऐतिहासिक नगरको परिक्रमा गरेको थियो । र्यालीमा सयौं लायन्सको सहभागिता रहेको थियो ।
प्रकाशित १८ फाल्गुण २0७५ , शनिबार | 2019-03-02 11:04:22
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार