स्व. अधिकारीको पोखराको रामघाटमा अन्त्यष्टि,श्रमती र जेठो छोराले दिए दागबत्ती

           स्व. अधिकारीको पोखराको रामघाटमा अन्त्यष्टि,श्रमती र जेठो छोराले दिए दागबत्ती

पोखरा । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पोखराको रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि अन्तष्टि गरिएको छ । उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई र जेठा छोरा विराज अधिकारीले दागबत्ती दिएका छन् ।

शुक्रबार बिहान काठमाडौंका टुँडिखेलमा अन्तिम श्रद्धाञ्जलीपछि अधिकारीको शव गृह नगर पोखरा लगिएको थियो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा मन्त्री अधिकारीको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतमले संयुक्तरूपमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री रवीन्द्र अधिकारीसहितको सातजनाको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

चारजनाको पशुपति आर्यघाटमा दाहसंस्कार

  ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका चार जनाको आआफ्नै विधि बमोजिम पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको शुक्रबार दिउँसो आर्यघाटमा दाहसंस्कार गरिएको हो ।

दिवङ्गत उपसचिव दाहालको पार्थिव शरीरमा उनका दाजु देवराज दाहालले दागबत्ती दिए । श्रद्धाञ्जलीका लागि मुख्य सचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, सरकारको विशिष्ट श्रेणीका पदाधिकारी, निजामती कर्मचारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, नेपाली सेनाका अधिकारी तथा सर्वसाधारणको आर्यघाटमा ठूलो भीड लागेको थियो ।

दुर्घटनामा दिवङ्गत हुनुभएका मन्त्री अधिकारीको शव भने अन्तिम संस्कारका लागि गृहजिल्ला कास्की लगिएको छ । यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको भने आइतबार बौद्ध विधिअनुसार टेकु घाटमा अन्त्यष्टि गरिने परिवारले जनाएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला