पोष्टमार्टममा समय लाग्ने भएपछि अन्तिम श्रद्धाञ्जली शुक्रबार सारियो

 पोष्टमार्टममा समय लाग्ने भएपछि अन्तिम श्रद्धाञ्जली शुक्रबार सारियो

काठमाडौ । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर  दुर्घटनामा ज्यान गुमाउने सातैजनाको शव अन्तिम श्रद्धान्जलीका लागि टुँडिखेल राखिने तयारी सरकारले गरेपनि सनाखत हुन समय लाग्ने भएपछि अन्तिम श्रद्धान्जली शुक्रबार हुने भएको छ ।  

टिचिङ्ग हस्पिटलमा पोर्समार्टमा लागि ल्याइएको शवमा पर्यटनमन्त्री रविन्द्र अधिकारीको शवको सजिलै पहिचान भएको छ, भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहालको शवपनि दाइने हातमा लगाएको चोरऔला र माझी औलाको औठीले सहजै अनुमान गरिएको बताइएको छ । त्यस्तै यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको खुटटामा लगाइएको स्टीलले पहिचान गर्न सहज भएको छ । 

अन्यको पहिचानका लागि डीएनए परीक्षण गर्नुपर्ने भएपछि अन्तिम श्रद्धाञ्जलीको समय सारिएको हो । अन्तिम श्रद्धान्जलीका लागी भोलि विहान ८ बजेदेखी ११ बजेसम्म सातैजनाको शवलाई टुंडिखेलमा राखिने बताइएको छ ।

 ताप्लेजुङबाट बुधबार १.३० बजे काठमाडौं लाश ल्याइ पुगेपछि सोही दिन अन्तिम श्रद्धाञ्जली गरिने भनिएको थियो । तर,अस्पतालले लास चिन्न समय लाग्ने जानकारीपछि श्रद्धाञ्जलीको समय परिवर्तन गरिएकाो हो ।

 

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला