अन्तर्राष्ट्रिय वैदिक विज्ञान महासम्मेलनको तयारी पूरा

       अन्तर्राष्ट्रिय वैदिक विज्ञान महासम्मेलनको तयारी पूरा

काठमाडौं । नेपाल महर्षि वैदिक फाउण्डेशनको आयोजनामा भोलि फागुन १७ गतेदेखि २९ गतेसम्म काठमाडौंमा हुने अन्तर्राष्ट्रिय वैदिक विज्ञान तथा आधुनिक विज्ञान महासम्मेलनको तयारी पूरा भएको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै फाउण्डेशनले महासम्मेलनको तयारी पूरा भएको जानकारी गराएको हो । फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले उक्त महासम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्धघाट्न गर्ने जानकारी दिए । उनकाअनुसार महासेम्मलन काठमाडौंको प्रज्ञा भवनमा हुने भएको छ ।

उक्त महासम्मेलनको समापन भने अन्तरिम मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले गर्ने आयोजक संस्थाले जनाएको छ ।   पूर्व गृहराज्यमन्त्रीसमेत रहेका अध्यक्ष बाँस्कोटाले यो विद्यामा लागेर धेरै देशहरुले प्रगति गरिसकेको सुनाए । उनले भने,‘म त राजनीतिलाई बुझेर वैदिक संगठनमा लागेको हुँ । देशमा दिगो शान्ति र प्रगतिको लागि यो महासम्मेलन फलदायी हुनेछ।’

बाँस्कोटाले वैदिक विज्ञान पनि ‘वायरलेश–नेटवर्क’ भएको तर्क गरे । पत्रकार सम्मेलनमा बोल्दै महासम्मेलन आयोजनाका अन्तर्राष्ट्रिय निर्देशक डा. किङ्स्ले ब्रुक्सले महासम्मेलनमा प्रमुख वक्ताको रुपमा सहभागी हुनेहरुले महर्षि वैदिक दर्शनको बारेमा गहिरो अध्ययन गरेको जानकारी गराए । उनले भने,‘वेदले हाम्रो जीवनमा के महत्व राखेको छ भन्ने कुरा यो महासम्मेलनबाट झन प्रकाश हुनेछ ।’

आयुर्वेदको पूरानो शैलीलाई पूर्नविचार गर्नुपर्नेमा पनि उनले जोड दिए । उक्त महासम्मेलनले आफ्नो क्षमतालाई वैदिक ध्यानको माध्यमबाट पूनरुत्थान गर्न सहयोग पुर्याउने पनि उनको विश्वास थियो । उनले भने,‘अहिलेको शैक्षिक प्रणालीलाई परिवर्तनको ल्याउनको लागि पनि यो महासम्मेलन फलदायी हुनेछ।’ उनका अनुसार यो महासम्मेलनलाई जापानका पूर्व प्रधानमन्त्री योकिओ हातोयामा, पि.एच.डी.ले पनि भिडियो कन्फेरेन्समार्फत सहभागिता जनाउनेछन् ।

 

 

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला